जोखिम बढेको भन्दै भीमाद अनिश्चितकालका लागि बन्द

  • ख-
  • ख+

भीमादः भीमाद नगरपालिकाले समुदायस्तरमा संक्रमणको जोखिम बढेको भन्दै अनिश्चितकालका लागि नगरक्षेत्र बन्दको घोषणा गरेको छ ।

यस अघि एक जनामा संक्रमण देखिएकामा हाल उनको सम्पर्कमा रहेका भीमाद ६ का चार जनामा एकैसाथ संक्रमण भेटिए पछि नगरपालिकाले सूचना जारी गरेर सबै वडा क्षेत्रमा अत् यावश्यकबाहेकका सेवा रोक्ने निर्णय गरेको हो ।

नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत थमनसिं थापाद्वारा जारी सूचनामा नगर क्षेत्रका सबै संघ संस्था बन्द गर्न तथा अत्यावश्यक कामबाहेक बाहिर ननिस्कन भनिएको छ ।

नगरपालिकाले मध्यरातबाट लागू हुने गरी जारी गरेको सूचना अनुसार अर्को सूचना नआउँदासम्म स्वास्थ्य र सुरक्षा बाहेकका काम सबै रोकिनेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी