नवाैं राष्ट्रिय खेलकुदकाे महिला बास्केटबल दमाैलीमा हुने

  • ख-
  • ख+

दमाैली:

गण्डकी प्रदेशको पाेखरामा उद्घाटन हुने नवाैं राष्ट्रिय खेलकुद प्रतियोगिता अन्तर्गत महिला बास्केटबल प्रतियोगिता दमाैलीमा हुने भएको छ ।

निर्मल स्कुलकाे बास्केटबल काेर्डमा हुने प्रतियोगितामा सातवटा प्रदेशका सात टिम र तिनवटा बिभागिय टिम गरि १० टिमकाे सहभागीता हुने छ ।

तनहुँमा पहिलोपटक हुन लागेको प्रतियोगितामा खेलाडी , रेफ्रि , अफिसियल गरि करिब दुई सय २० जना उपस्थित हुनसक्ने जिल्ला खेलकुद बिकास समितिका अध्यक्ष अनिल पाण्डेले बताए ।

असाेज २८ गतेदेखि कात्तिक ३ गतेसम्म हुने प्रतियोगिता कसरी भब्य रूपमा सम्पन्न गर्ने भन्ने बारेमा बिहिवार सराेकारवाला हरू बिच छलफल भएको छ ।

छलफलमा तनहुँकै गाैरबकाे बिषय भएकोले सबै मिलेर खेल सम्पन्न गराउनुपर्ने गरि तयारी अगाडि बढाउनुपर्ने बताइएको छ ।

छलफल कार्यक्रममा जिल्ला समन्वयका प्रमुख , ब्यास नगरपालिकाका प्रमुख लगायत अन्य पालिका , प्रमुख जिल्ला अधिकारी , खेलकुद बिकास समिति , क्षेत्रीय हाेटल संघ , हाेटल ब्यबसायि संघ , उद्योग बाणिज्य संघ , प्रहरी प्रमुख काे उपस्थिति रहेकाे अध्यक्ष पाण्डेले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्