कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराई तनहुँबाट संमानुपातिक सूचीमा (तनहुँबाट को को परे ?)

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसले सोमबार निर्वाचन आयोगमा बुझाएको सूचीमा तनहुँबाट संघीय समानुपातिकमा कांग्रेस केन्द्रीय सदस्य गोविन्द भट्टराईको नाम परेको छ ।

जिल्लाभरबाट भट्टराई मात्र सूचीमा परेको एक जानकार नेताले दावी गरे । तर, भट्टराई भने आफू क्षेत्र नम्बर १ बाट प्रत्यक्ष चुनाव लड्ने अडानमा कायमै छन् ।


पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेलले आफू क्षेत्र १ बाट प्रत्यक्ष निर्वाचन लड्ने तयारी गरेकाले अर्का आकांक्षी भट्टराईलाई समानुपातिकमा राख्न प्रयास गरेका हुन् । भट्टराईको नाम गण्डकी प्रदेशबाट खस आर्यमा पहिलो नम्बरमा राख्ने समेत पौडेलले तयारी गरेको बुझिएको छ ।

भट्टराई भने पौडेललाई नै समानुपातिकको १ नम्बरमा राखेर आफैं प्रत्यक्ष चुनाव लड्न चाहन्छन् । पौडेल प्रत्यक्ष लड्ने अवस्थामा आफू समानुपातिकको पहिलो सूचीमा रहनुपर्ने उनको अडान छ । त्यसो नभए आफैं चुनाव लड्ने तयारीमा उनी रहेको भट्टराई निकटको दावी छ ।


सूचीमा अर्का केन्द्रीय सदस्य ध्रुव वाग्ले प्रदेश समानुपातिक तथा नेताहरु अशोककुमार श्रेष्ठ, चिनु पोख्रेल तथा प्रेम गुरुङसमेत प्रदेश समानुपातिकमा परेको ती नेताले दावी गरे । सूची सार्वजनिक भए पछि आधिकारिक हुनेछ । तर प्रकाशित सूचीमा त्रुटी भएमा असोज १६ सम्म थपघट वा सच्याउन भने मिल्नेछ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्