संविधान दिवसमा टिम नेपोद्वारा पराशर आश्रम सफाइ

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका ५ पराशरको तपोभूमि दमौलीको धार्मिक पर्यटन स्थिलमा पटनमा संविधान दिवसको अवसर पारी सरसफाइ कार्यक्रम सम्पन्न गरेको छ ।


राष्ट्रिय परोपकार महासंघ जिल्ला कार्यालय तनहुँका अध्यक्ष तारानाथ घिमिरेले कार्यक्रमको शुरुवात गरे । उनले यासको जन्मभूमि र पराशरको तपोभूमि तथा धार्मिक पर्यटनबारे जानकारी दिंदै कार्यक्रमका लागि टिम नेपोप्रति आभार प्रकट गरे ।


संस्थाका पूर्व अध्यक्ष एवं गोविन्द तिमल्सिनाले विगतदेखि नै सामाजिक काम गरिरहेको संस्थाले संविधान दिवसमा गरेको कार्यक्रमको सराहना गरे ।


अध्यक्ष रवि अधिकारीले वातावरण प्रदुषणका साथै स्वास्थ्य, शिक्षा तथा युवा नेतृत्व विकासका क्षेत्रमा पनि काम गदै आएको बताए । कार्यक्रमका कार्यक्रम संयोजक सरस्वती मिश्रले फोहोर र प्रदुषण भएकाले धार्मिक पर्यटकीय स्थल पराशर क्षेत्रको सरसफाइ गरिएको बताइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी