मोतिकुमार, गोदार र भण्डारीलाई जनसेवाश्री

  • ख-
  • ख+

दमौलीः तनहुँका तीन जनाले जनसेवाश्री पदक पाएका छन् । संविधान दिवसका दिन सरकारले प्रदान गरेको पदकको सूचीमा तनहुँमा राणाकालदेखि नै लोकतान्त्रिक आन्दोलनमा सक्रिय मोतिकुमार श्रेष्ठले पदक पाएका हुन् ।

उनी राणाकालमा राणा तथा त्यसलगत्तै पञ्चायतविरुद्धको आन्दोलनमा सक्रिय थिए । २०६२।०६३ को आन्दोलनमा समेत सक्रिय श्रेष्ठ हाल वृद्धावस्थाका कारण राजनीतिमा सक्रिय छैनन् ।


उनीसँगै अरु दुईले पनि पदक पाएका हुन् । पदक पाउनेमा कांग्रेस नेता समुन्द्र गोदार तथा छत्रराज भण्डारी छन् । गोदार व्यास तथा भण्डारी भानु नगरपालिकाका हुन् । गोदार यस अघि कांग्रेस जिल्ला सचिव तथा महाधिवेशन प्रतिनिधि थिए भने भण्डारी पार्टी जिल्ला कोषाध्यक्ष थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्