संघीय सांसदका लागि योग्य छु, तर गठबन्धन मिलाउँदा के हुन्छ थाहा छैन : कोइराला

  • ख-
  • ख+

गुणादीः गण्डकी प्रदेश सभासद आशा कोइरालाले आफ्नो पाँच वर्षे कार्यकाल सफल भएको बताएकी छन् । म्याग्दे गाउँपालिका वडा नं १ मा रहेको तिर्थेखोला हात्तीखोर खानेपानी योजनाको एउटा ट्यांकी उद्घाटन तथा अर्को शिलान्यासका क्रममा सभासद कोइरालाले सबै काम पूरा हुन नसकेपनि थालनी भने भएको बताइन् ।


आँफुलाइ यहि क्षेत्रका जनताले जिताएर गुन लगाएको भन्दै कोइरालाले सकेसम्म त्यो गुन तिर्ने प्रयास गरेको बताइन् । प्रदेश सांसद भए पछि अधिकांश ठाउँमा खानेपानीको समस्या हल गरेको, मोटर बाटो, पुलमा धेरै काम गरेको, सामुदायिक भवन बनेको कोइरालाले बताइन् । पालिका र प्रदेशको सहकार्य अझै राम्रोसँग हुन सकेको भए अरू धेरै काम गर्न सकिने कोइरालाको भनाइ छ ।


अहिले पनि आफूलाई संघीय सांसदका लागि योग्य छौ भनेर नै क्षेत्र नं २ बाट सिफारिस गरेको भन्दै भलै गठवन्धन मिलाउँदा के हुन्छ भन्न नसकिने बताइन् । पहिलोपटक संंघीय सांसद हुँदा ६ महिना मन्त्री हुने अवसर पाएको भए पनि ३ महिना मात्रै काम गर्ने समय मिलेको बताइन् । छोटो समय भएकोले योजना बनाउँदा बनाउँदै कार्यकाल सकिएको उनको भनाइ थियो ।


काम गर्ने इच्छा हुदाहुदै पनि समय छोटो भएकोले परिणाम देखिने गरि काम गर्न नपाएको उनको भनाइ थियो । तिर्थेखोला हात्तिखोर खानेपानीका अध्यक्ष कृष्णराज खनालको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ , उपाध्यक्ष बालकृष्ण घिमिरे , वडा अध्यक्ष मणिभद्र वाग्ले , दलबहादुर बिक , कल्पना रामदाम , ध्रुवनाथ खनाल , बिकास खनाल लगायतका बक्ताहरूले बोलेका थिए । शिलान्यास भएको खानेपानी ट्यांकीमा प्रदेश सरकारको २० लाख सहयोगमा छ भने सम्पन्न ट्यांकी आठ लाख रुपैयाँ लागतमा सम्पन्न भएको छ । खानेपानी योजनाका लागि गाउँपालिकाले १० लाख सहयोग गरेको छ । खानेपानी बाट ३८ घर लाभान्वित भएका छन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्