आत्महत्या रोकथामका लागि प्रहरी अभियान

  • ख-
  • ख+

दमौलीः दमौलीमा आत्महत्या रोकथामका लागि सचेतना अभियान आत्महत्याका घटनामा बढोत्तरी भएपछि तनहुँको सदरमुकाम दमौलीमा सचेतना अभियान थालिएको छ । पछिल्लो समय आत्महत्या विकराल रुपमा बढेपछि नियन्त्रणका लागि सचेतना अभियान थालिएको जिल्ला प्रहरी कार्यलय तनहुँले बताएको छ ।


दमौलीको अनसन चोकबाट सुरु भएको र्यालि सफासडक हुँदै नगरपालिकाको हलमा पुगेर सभामा परिणत भएको थियो ।
त्यसअवसरमा बोल्दै तनहुँका प्रमुख जिल्ला अधिकारी बिश्व प्रकाश अर्यालले आत्महत्या समस्याको रुपमा वृद्धि हुन थालेकोले यसको नियन्त्रणका लागि सर्वपक्षीय प्रयास जरुरी भएको बताए ।


समाजको सामूहिक प्रयासबाट मात्र आत्महत्या न्यूनीकरणमा बल पुग्ने अर्यालको भनाइ थियो ।
¥यालीमा आफूलाई माया गरौँ, अमूल्य जीवन खेर नफालौँ, साहसी हुनुहोस्, बाँच्नुहोस र आफ्नो समस्या समाधान गर्नुहोस्, आत्महत्या गर्नु पाप हो जस्ता सचेतनामूलक सन्देश लेखिएका प्लेकार्ड प्रदर्शन गरिएको थियो । आत्महत्या बढी गर्नेमा खासगरी विभिन्न खालका हिंसा भोगेका, आत्मसम्मानमा ठेस पुगेका व्यक्तिमा यो समस्या आउने विज्ञको भनाइ छ ।


दीर्घकालिन स्वास्थ्य समस्या भएका अनि सामाजिक रूपमा बहिस्कृतमा पनि आत्महत्याको भावना आउँछ ।
त्यस्तै, एक्लोपना महसुस गर्ने, निराशापन महसुस गर्ने , आत्मग्लानीको भावना आइरहने , मनोबल कमजोर हुने मनोभावना भएकाहरू लाई चाँडै आत्महत्या गर्न मन लाग्ने मनोविद्हरूको भनाइ छ । तनहुँमा गत आवमा १०८ जनाले आत्महत्या गरेको जिल्ला प्रहरी कार्यलय तनहुँका प्रवक्ता डिएसपी युवराज खड्काले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी