पिता भेट्न चितवन गएका भीमादका वृद्धको कोरोनाबाट मृत्यु

  • ख-
  • ख+

भीमादः आफ्ना बिरामी पिता भेट्न गएका भीमाद ६ का ७१ वर्षका वृद्धको कोरोना संक्रमणबाट चितवनमा मृत्यु भएको छ । उनी ९८ वर्षिय पितालाई भेट्न चितवन मेडिकल कलेज गएका थिए । त्यसक्रममा आफ्ना पिता र भाईलाई कोरोना संक्रमण भेटिएपछि वृद्धमा पनि संक्रमण भेटिएको थियो ।


भाईकै घरमा होम आइसोलेसन बसेका उनलाई गाह्रो भए पछि उपचारका लागि अस्पताल लैजाँदा चिकित्सकले उनलाई मृत घोषणा गरिदिएका थिए । उनका पिता भने हाल राजधानीको मेडिसिटी अस्पतालमा उपचाररत छन् ।


ती वृद्धको चितवनको देवघाटमा नेपाली सेनाले सोमबार अन्त्येष्टि गरेको निकट आफन्तले जानकारी दिए ।

भीमाद नगरपालिकाका स्वास्थ्य प्रमुख मनराज बरालले आधिकारिक जानकारी आई नपुगे पनि कोरोना संक्रमणबाट मृत्यु भएको परिवारले जानकारी दिएको बताए । ‘परिवारका सदस्यले संक्रमणबाट ज्यान गएको भने पछि हामीले उहाँलाई चितवन जाँदा प्रयोग गरेको सवारीका चालकबारे खोजी गरेका छौं,’ उनले भने ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी