गुणादीको खानेपानीबारे पौडेलले माफी मागेपछि पानी आपूर्ति शुरु

  • ख-
  • ख+

गुणादीः आफूले गुणादीको पानीबारे दिएको अभिव्यक्तिबाट स्थानीयको भावनामा ठेस पुगेको भन्दै कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले माफी मागेपछि गुणादी खानेपानीको पानी आपूर्ति सुचारु भएको छ ।

उनको पछिल्लो माफिपछि स्थानीयसँग व्यास नगरपालिका तथा दमौली खानेपानी तथा सरसफाई उपभोक्ता संस्थासँग एक सहमति पनि बनेको छ ।
सहमतिमा तत्कालै व्यास नगरपालिकाले ५ लाख पुर्वाधार निर्माणको लागि सहयोग गर्ने, थप गुरूयोजनाको लागि व्यास नगरपालिका र म्याग्दे गाउँपालिका बाट एकएक जना प्राविधिक खटाउने विषय उल्लेख छ ।
शिव मन्दिर स्थानान्तरण गर्ने, मन्दिर जाने बाटो, रेलिङ तथा २०० जना अट्ने ट्रस्ट निर्माण गर्ने र समुदायले खानेपानीका लागि पहिलेकै शर्तअनुसार तीनवटा ढुङ्गे धारा बनाउने रहेको म्याग्दे १ का निवर्तमान वडा अध्यक्ष शिवशरण वाग्लेले बताए ।
स्थानीयसँगको छलफलमा नगरपालिकाका प्रमुख बैकुण्ठनाथ न्यौपाने, वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ, खानेपानीका अध्यक्ष वृषराज श्रेष्ठ, स्थानीय विनोददत्त खनाल, दिनेश खनाल, अनिल अधिकारी, तारादेवी पौडेल खनाललगायतले बोलेका थिए


दमौलीमा हालै आयोजित नेपाली कांग्रेसको एक कार्यक्रममा नेता पौडेलले गुणादीको खानेपानी चुन्याहा भएको भन्दै आफ्नो प्रयासमा दमौली खानेपानी आए पछि बजारवासी रोगमुक्त भएको अभिव्यक्ति दिएका थिए ।


उनको अभिव्यक्ति सार्वजनिक भएलगत्तै आफूहरुले दमौलीलाई पानी दिएर लगाएको गुनको बदला भावनामा चोट पुर्याएको भन्दै स्थानीय युवाले पौडेलले माफी माग्नुपर्ने भन्दै गुणादी बाराहीबाट हुँदै आएको पानी आपूर्ति हुने पाइप बन्दै आएका थिए ।

त्यसपछि पौडेलले सामाजिक सञ्जालमा एक स्ट्याटस राख्दै आफ्नो भनाइमा विभिन्न तर्कसहितका व्याख्यासहित प्रेषित हुँदा गुणादीवासीको भावनामा ठेस पुगेको भन्दै क्षमायाचना गरेका थिए । उनले प्रसोधन संयन्त्र नहुँदा चुन्याहा पानी वितरण भैरहेको भन्दै हाल त्यो समस्या हटेर बजारवासीले शुद्ध पानी पाएको भनेको उल्लेख गरेका छन् । आफ्नो अभिव्यक्तिकै कारण पानी बन्द गरिनु न्यायपूर्ण नहुने भन्दै उनले आपसमा सल्लाह गरेर समस्याको समाधान गनृ अनुरोध समेत गरेका छन् ।

पौडेलको अभिव्यक्ति आएलगत्तै युवाहरुले सोही कारण भन्दै बाराही मुहानबाट रोकेको पानीको आपूर्ति सुचारु गरेका थिए ।

सहमतिमा तत्कालै ब्यास नगरपालिकाले ५ लाख पुर्वाधार निर्माणकाे लागि सहयोग गर्ने , थप गुरूयाेजनाकाे लागि व्यास नगरपालिका र म्याग्दे गाउँपालिका बाट एकएक जना प्राविधिक खटाउने , शिव मन्दिर स्थानान्तरण गर्ने , मन्दिर जाने बाटो ,रेलिङ तथा २०० जना अट्ने ट्रस्ट निर्माण गर्ने र समुदायले खानेपानी का लागि पहिलेकै सर्त अनुसार तिनवटा ढुङ्गे धारा बनाउने रहेको म्याग्दे १ का निबर्तमान वडा अध्यक्ष शिवसरण वाग्लेले बताए ।कार्यक्रममा ब्यास नगरपालिका का प्रमुख बैकुण्ठ नाथ न्याैपाने , वडा नं २ का अध्यक्ष काशीराम श्रेष्ठ , खानेपानीका अध्यक्ष बिर्षराज श्रेष्ठ , स्थानीय बिनाेद दत्त खनाल , दिनेस खनाल , अनिल अधिकारी , तारादेवि पाैडेल खनाल ,लगायतले समसामयिक बिषयमा बाेलेका थिए

पौडेलले सामाजिक सञ्जालमा राखेको धारणा ः

गत साता दमौली कार्यक्रममा मैले दमौलीमा मादी नदिको पानी समेतलाई प्रशोधन गरेर वितरण गर्ने आयोजना संचालन हुँदा पानीको समस्या समाधान भएको कुरा गरेको थिएँ ।
त्यस अघि गुणादी लगायत अन्य श्रोतबाट ल्याइएको पानीले मात्र वितरणमा समस्या(अपुग) थियो। दमौली आसपास पानीको मुलबाट चुन ढुङ्गा मिश्रित पानी वितरणमा जोडिने गरेको हो । प्रशोधन संयन्त्र र क्षमता नहुँदा चुन्या पानी वितरण हुने गरेकोमा अब प्रशोधन क्षमतामा वृद्धि भएको अवस्थामा त्यो पनि समस्या रहेको छैन र दमौलीवासीले शुद्द पानी पाइरहेका छन् ।
मेरो भनाइलाई विभिन्न माध्यमबाट विभिन्न तर्क सहितका व्याख्या सहित प्रेसित हुँदा गुणादी वासीको भावनामा ठेस पुगेकोमा म क्षमा प्रार्थी छु ।
विकासको क्रममा सकारात्मक उर्जा र सकारात्मक प्रगति हाशिल गर्नुपर्ने छ र जनतालाई सेवा पुग्नुपर्ने हुन्छ ।
जनताको स्वास्थ र जनताको हीत विपरीत कुनै काम गर्नु राम्रो हैन र त्यस तर्फ सबैको ध्यान जावोस ।
गुणादीका दाजुभाइ र दमौलीका दाजुभाइ एक आपसका परिपुरक हुन् र एक अर्काले धेरै पहिले देखी सहयोग आदान प्रदान गर्दै आएका छन् ।
मेरो अभिव्यक्तिलाईनै लिएर पानी बन्द गरिनु न्यायपुर्ण हुन सक्दैन । एक आपसमा सरसल्लाह गरेर समस्याको समाधान खोज्न सम्बन्धित सबैमा आग्रह समेत गर्दछु ।
जय नेपाल !

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी