७० वर्षिया वृद्धासहित व्यासमा २ संक्रमित

  • ख-
  • ख+

दमौलीः ७० वर्षिया वृद्धासहित व्यास नगरपालिकाका थप २ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले सार्वजनिक गरेको पछिल्लो विवरण अनुसार व्यास ३ का २३ वर्षका पुरुष र व्यास २ की ७० वर्षिया वृद्धामा संक्रमण भेटिएको छ ।
२३ वर्षका पुरुषको कन्ट्याक्ट ट्रेसिङका आधारमा संक्रमण पुष्टि भएको हो ।

ती पुरुष दमौली अस्पतालका चालक भएको बताइएको छ । अस्पताल प्रमुखसँगै उनको पनि स्वाब संकलन गरी पठाइएकामा सोमबार नतिजा आएको व्यास नगरपालिकाको स्वास्थ्य शाखाले जनाएको छ ।
संक्रमित वृद्धा भने उपचारका लागि चितवन गएर फर्किएको र त्यहीं स्वाब संकलनको नतिजा आएको शाखा प्रमुख प्रमोद सोतीले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्