निर्माण व्यवसायीमा यज्ञ खनाल सर्वसम्मत

  • ख-
  • ख+

दमौलीः निर्माण व्यवसायी संघ तनहुँको अध्यक्षमा यज्ञ खनाल १२ औं अधिवेशनबाट सर्वसम्मत निर्वाचित भएका छन् ।
दमौलीमा बिहीबार सम्पन्न अधिवेशनबाट खनालको नेतृत्वमा सर्वसम्मत टिममा वरिष्ठ उपाध्यक्षमा ईश्वरी प्रसाद देवकोटा, उपाध्यक्षमा पुष्पकुमार श्रेष्ठ र बाबुराम पन्थ निर्वाचित भएका छन् ।


यसैगरी, महासचिवमा र्इं. सुवर्ण श्रेष्ठ, सचिवमा नीतिगत तर्फ मदन गैह्रे,बस्तुगत कृष्ण मुरारी मिश्र,कोषाध्यक्षमा सुरेश घिमिरे र सह–कोषाध्यक्षमा भुवन दरै सर्वसम्मत भए ।

लेखा संयोजकमा दीपक कुमार श्रेष्ठ, प्रताप श्रेष्ठ र राजेश पण्डित सर्वसम्मत भए ।
निर्वाचन संयोजक अधिवक्ता केशव भट्टराईका अनुसार कार्य समितिको सदस्य खुलातर्फ केदार अधिकारी, खोदाबकस मियाँ, महिला सदस्य जानकी थापा चयन भए ।


व्यास नगरपालिकाबाट दिनेश वाग्ले, शुक्लागण्डकीबाट आइतेसिंह, म्याग्देका नरसिं राना, भीमादका मनोज खनाल, बन्दीपुरका निरज श्रेष्ठ, भानु नगरपालिकाबाट मनबहादुर आले र आँबुखैरेनीमा शिवराम केसी चयन भएका छन् ।
संघले केन्द्रीय प्रतिनिधिमा ऋषिराम अधिकारी, कृष्ण नारायण श्रेष्ठ, भीमबहादुर थापा, शेरबहादुर गुरुंग र वसन थापालाई चयन गरेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्