कांग्रेस टिकटः तनहुँ १ बाट वरिष्ठ नेता पौडेलसहित, भट्टराई र भण्डारीको सिफारिस

  • ख-
  • ख+

दमौलीः नेपाली कांग्रेसले तनहुँ क्षेत्र नम्बर १ बाट संघीय निर्वाचनका लागि वरिष्ठ नेता रामचन्द्र पौडेलसँगै केन्द्रीय सदस्यहरु शंकर भण्डारी र गोविन्द भट्टराईको नाम सिफारिस गरेको छ ।


आईतबारको क्षेत्रीय समितिको बैठकले प्रत्यक्षतर्फ तीन जनाको नाम वरिष्ठताका आधारमा सिफारिस गर्ने सर्वसम्मत निर्णय गरेको सभापति श्याम मौरतिले बताए ।


बैठकले समानुपातिकतर्फ महाधिवेशन प्रतिनिधि रामचन्द्र पोखरेल, नेतृ मीरा जोशी तथा यमुना खड्का विकको नाम सिफारिस गरेको छ ।
क्षेत्रबाट जिल्लामा प्राप्त सिफारिसकै आधारमा तनहुँका दुईवटै क्षेत्रको नाम केन्द्रमा सिफारिस हुने पार्टी जिल्ला सचिव लक्ष्मीभक्त खनालले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्