तनहुँ कांग्रेसद्वारा शोक व्यक्त

  • ख-
  • ख+

दानबहादुर श्रेष्ठ

नेपाली कांग्रेस कार्यकर्ता तथा क्रियायाशिल सदस्य बिष्णुप्रसाद थापाको १३ औं दिनको पुण्यतिथिका दिन नेपाली कांग्रेस तनहुँले शोक व्यक्त गरेको छ । नेपाली कांग्रेस जिल्ला कार्यसमितिका उपसभापती राजेन्द्रकृष्ण श्रेष्ठको विशेष उपस्थितिमा एक कार्यक्रमका बीच दिवंगत आत्माको चिर शान्तिको कामना गरिएको थियो । श्रेष्ठले आफ्ना बाल्यकाल स्मरण गर्दै ऋषिङ्ग क्षेत्रको धेरै शैक्षिक ब्यक्तित्वहरुको अक्षराम्भ उनकै देन रहेको बताउँदै पार्टिले उनकाे योगदानको सदा स्मरण गरिरहने बताए । मृत्यु अवश्यंभाबी भएको र यो शाश्वत सत्यलाई स्विकारेर जानेआत्मबल परिवारजनमा समबेदना प्रकट गर्दै श्रेष्ठले पार्टिप्रति दिएको योगदानको उच्च सम्मान पार्टिले अभिभावकत्व निर्वाह गर्ने बताए ।

कार्यक्रममा प्रदेश सभापती ईन्द्र बहादुर आलेले कांग्रेसले एउटा बफादार सिपाही गुमाउनुपरेको एक शिक्षाबिद हुनाको कारण ऋषिङ्गले शिक्षाक्षेत्रको नक्षत्र गुमाएको स्मरण गरे । कार्यक्रममा जिल्ला सदस्य मोहन गिरिले ऋषिङ्गमा थापाले राजनैतिक तथा शैक्षिक क्षेत्रमा पुर्‍याएको योगदानको सदैब स्मरण गरिरहने र राजनैतिक स्थायित्व र शैक्षिक प्रगतिले नै उनी प्रतिको सच्चा श्रद्धान्जली हुने जिकिर गरे । कार्यक्रममा महाधिबेशन प्रतिनिधि गिनुमाया थापा,जिल्ला सदस्य यमुना श्रेष्ठ लगायतले शोक मन्तब्यका साथ थापाको स्मरण गर्दै स्वर्गबासको कामना गरेका थिए ।

कार्यक्रममा नेपाली कांग्रेसका जिल्ला, क्षेत्र, गाउँ र वडाका कांग्रेसजनको बाक्लो उपस्थितिमा कार्यक्रम सम्पन्न भएको छ थियो ।वडा नं ८ का सभापती तेज बहादुर थापाको सभापतित्वमा संचालित कार्यक्रम नेपाली कांग्रेस ऋषिङ्गका सचिब सुरज श्रेष्ठले संचालन गरेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी