दमौलीः नेपाली कांग्रेस तनहुँ २ ले केन्द्रीय सदस्य प्रदीप पौडेलसहित तीन नेतालाई प्रतिनिधि सभाबाट उम्मेदवार बनाउन जिल्लामा सिफारिस गरेको छ ।
पार्टी क्षेत्रीय सभापति चुडामणि खनालका अनुसार सर्वसम्मत रुपमा पौडेलसहित अर्का केन्द्रीय सदस्य ध्रुव वाग्ले अनि जिल्ला सभापति जितप्रकाश आलेको नाम प्रत्यक्षतर्फ सिफारिस गरिएको हो ।
क्षेत्रीय समितिले समानुपातिकतर्फ भने सन्तोष घिमिरे र चन्द्रकला भट्टराईको नाम सिफारिस गरेको छ ।

यसैगरी, प्रदेश क्षेत्रका लागि समेत नामहरु मनोनित भएका छ्न् ।
प्रदेशसभा सदस्य निर्वाचनकाे लागि क्षेत्र नं. २(२) तनहुँबाट नेपाली काँग्रेसकाे तर्फबाट मनाेनयन दर्ता गर्नेहरूकाे नामावली
प्रत्यक्षतर्फ १. मिलन आले, भिमाद-३ २) चूडामणि खनाल, भिमाद-८ ३) माेहन गिरी, ऋषिङ्ग-५ ४) दुर्गबहादुर राना, ऋषिङ्ग-३ ५) इन्द्रबहादुर आले, ऋषिङ्ग-७ ६) जीवन चन्द ठकुरी, ऋषिङ्ग-२
समानुपातिकतर्फ १) झुलबहादुर आले, ऋषिङ्ग-७ २) विन्दु मल्ल ठकुरी “आस्था”, भिमाद-३ ३) इन्दिरा खनाल, भिमाद- ६ ४) गंगाराम कुमाल, घिरिङ-१ ५) निलबहादुर थापा, ऋषिङ्ग-७ ६) नाेकबहादुर वि. क., ऋषिङ्ग-५ ७) मथुराकृष्ण श्रेष्ठ, ऋषिङ्ग-८ ८) टेकबहादुर थापा, भिमाद-१











