जामुने : न्यु भिजन युथ क्लब जामुनेको आयोजनामा भएको १० औं खुल्ला तीज गीत प्रतियोगितामा नागपँधेरी आमा समुह(चापाघाट) प्रथम भएको छ ।
नेपाल क्षेत्री समाज (व्यास नगरपालिका) दोश्रो तथा भिमसेन टोल आमा समुह (जामुने) तेश्रो भएका छन् ।
गलाम्बास मगर मोइ आमा समुह (व्यास३)र न्यु भिजन दिदिबहिनी प्रगतिशिल समाज (जामुने) सान्त्वना भएका छन् । विजेतालाई म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले पुरस्कार प्रदान गरे ।













