तनहुँ समाज हङकङ द्वारा पत्रकार न्यौपाने र राना सम्मानित

  • ख-
  • ख+

दमौलीः तनहुँ समाज हङकङ द्वारा तनहुँका दुई पत्रकार सम्मानित भएका छन् । आफ्नो स्थापना दिवसको अवसरमा बुधबार दमौलिमा आयोजित पत्रकार सम्मान कार्यक्रम मार्फत पत्रकार कृष्ण न्यौपाने र प्रताप राना सम्मानित भएका हुन् । न्यौपाने र रानालाइ कार्यक्रमका प्रमुख अतिथि ब्यास नगरपालिकाका प्रमुख बैकुण्ठ नाथ न्यौपानेले सम्मान पत्र द्वारा सम्मान गरेका थिए । समाजले यश अगाडि पनि पत्रकार सम्मान तथा गरिब दिनदुखि र गम्भीर प्रकृतिका बिरामी लाई सहयोग गर्दै आईरहेको छ । कार्यक्रममा
तनहुँ समाज हङकङका पुर्व अध्यक्ष भिमराज गुरूङ तथा निवर्तमान अध्यक्ष जङ्ग बहादुर थापा , पत्रकार महासँघ तनहुँका पुर्व अध्यक्ष प्रदिप काफ्ले , डम्बरबहादुर अधिकारी , ओमकार आचार्य , उज्ज्वल पौडेल , बिबि श्रेष्ठ , अमर राज नहर्कि लगायतका पत्रकारको उपस्थिति रहेको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्