म्याग्देमा किल्चोक भलिबल सुरु

  • ख-
  • ख+

दमौलीः न्यु अकला युवा क्लब म्याग्दे ३ को आयोजनामा तेश्रो किलचोक कप भलिबल शुरु भएको छ । भाद्र ११ गतेदेखि १४ गतेसम्म चल्ने प्रतियोगितामा १० टिमको सहभागीता रहेको न्यु अकला क्लबका अध्यक्ष दानबहादुर सारु मगरले बताए ।
प्रतियोगिताको म्याग्दे गाँउपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले उद्घाटन गरेका थिए ।

कार्यक्रममा म्याग्दे वडा नं ३ का अध्यक्ष टुकराज अधिकारी लगायतको उपस्थिति रहेको थियो । प्रतियोगितामा प्रथम हुनेले ४० हजार, दिव्तिय हुनेले २५ हजार र तृतीय हुने टिमले १० हजारका साथै मेडल, ट्रफि र प्रमाणपत्र पाउने अध्यक्ष सारूले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी