भावी पुस्ताका लागि बाधक बन्न चाहन्न, यसैपाली संसद प्रवेश गर्ने सोचेको छु ः भट्टराई

  • ख-
  • ख+

नेविसंघबाट मेरो कांग्रेसी राजनीीत शुरु भयो । ३२ सालको आन्दोलन अनि ४२ सालको सत्याग्रहमा पनि संलग्न भएँ । त्यो अघि नै नेविसंघमा जोडिएँ । यत्तिका वर्ष पुरै समय राजनीतिमा नै लगाएको छु । यत्रो समय लाग्दा पनि मैले सांसद हुने योग्यता पाउन सकिन । ४४ वर्ष भएछ मैले कांग्रेसमा समय दिएको । अरु ठाउँमा हेर्ने हो भने ४ वर्षमै पनि सांसद हुँदै मन्त्री भएका छन् । यसले हाम्रोमा न्यायप्रणाली कत्तिको चुस्त दुरुस्त छ, भन्ने बताउँछ ।
यसचोटी मैले प्रतिनिधि सभा क्षेत्र नम्बर १ बाट निर्वाचन लड्ने सोचेको छु । र, मेरो उम्मेदवारी अपरिहार्य छ भन्ने लाग्छ । यसमा तपाईहरुको साथ र सहयोग एकदमै आवश्यक छ । मलाई तपाईंहरुले समर्थन गर्नुपर्छ । फेरि पनि त्याग्न थालें भने ६२ पुग्दा पनि पालो नआउने अवस्था हुन्छ ।
मैले कति त्याग गर्ने ? ३० वर्ष त लगातार त्याग गरेको छु । अघिल्लो पुस्ताले गरेको आधा आधाी त्याग त मैले पनि गरिसकेको छु । सत्तामा प्रवेश नै गरेको छैन । म अब अघिल्लो पुस्ताका लागि बाधक बन्न चाहन्न । तर सत्ता प्रवेश नै नगरी बिदा लिनुभन्दा यो चोटी कुनै हालतमा पनि संविधान संसोधन गर्ने, राम्रा नियम बनाउने र लोकतन्त्र बलियो पार्न संसद प्रवेश गर्न चाहन्छु । अहिले नै मैले मेरा लागि भाइहरुसँग टिकट माग्नुपर्ने अवस्था छ । मैले अब कतिसम्म कुर्ने भन्ने प्रश्न उठेको छ ।

मैले कति त्याग गर्ने ? ३० वर्ष त लगातार त्याग गरेको छु । अघिल्लो पुस्ताले गरेको आधा आधाी त्याग त मैले पनि गरिसकेको छु । सत्तामा प्रवेश नै गरेको छैन । म अब अघिल्लो पुस्ताका लागि बाधक बन्न चाहन्न । तर सत्ता प्रवेश नै नगरी बिदा लिनुभन्दा यो चोटी कुनै हालतमा पनि संविधान संसोधन गर्ने, राम्रा नियम बनाउने र लोकतन्त्र बलियो पार्न संसद प्रवेश गर्न चाहन्छु ।

हामीले अन्यायविरुद्ध लड्न पार्टी बनाएका हौं । र, यसविरुद्ध लड्ने हो, जुध्ने पनि हो जुन पार्टीले नै सिकाएको छ । पार्टीमा निष्ठा र नैतिकता आदर्श हो । तर जे गरेर हुन्छ पद पाउने प्रवृत्ति देखिएको छ । निष्ठा, मूल्य मान्यताको राजनीति चल्नुपर्छ । यी कुरा राजनीतिभन्दा टाढा हुन सक्दैन । नेतृत्वबाट नैतिकता, मूल्य मान्यता, आदर्शका निष्ठा अनि राष्ट्रियता प्रजातन्त्र समाजवाद पालना हुनुपर्छ । यसका आधारमा हिंडाउन नसकिए त्यसले समस्या ल्याउँछ ।
हामीले अहिलेकै शैलीलाई यथावत राखेमा संगठनबाट धेरै आशा गर्न सकिन्न । गाउँका समितिलाई कामको बाँडफाँट गर्नुपर्छ । भ्रातृ संस्था चलाएनौं भने संगठन झनै कमजोर हुन्छ । नेतृत्वले सबैको जिम्मेवारी तोकेर अघि जानुपर्ने आवश्यकता छ । थोरै समय भए पनि सबैलाई जिम्मेवारी दिएर वडा टोलसम्मको संगठन चुस्त पार्नुपर्ने अवस्था छ ।
त्यसो भए मात्र टिकट पाएकाले चुनाव जित्न सक्छन् ।

जसले टिकट पाए पनि संगठन बलियो नहुँदासम्म सबै ठाउँमा जिताउन सकिन्न । अझै समय छ । घर घरमा कांग्रेस जनताको साथमा कांग्रेस अभियान लिएर संगठन निर्माण गरे आगामी निर्वाचनमा हामी सबै ठाउँ जित्न सक्छौं । गठबन्धनको दुई तिहाई सरकार बनाउन सक्छौं ।

कांग्रेसले संगठनमा ध्यान दिनुपर्छ
अहिले हामी दुई निर्वाचनको संघारमा । अब उम्मेदवार हुने कुरा पनि छ । कांग्रेसमा संगठन निर्माणतर्फ कसैको ध्यान छैन । केन्द्रदेखि टोलसम्म ५ वर्ष नियाल्ने हो भने संगठन निर्माणमा हामीले धेरै ध्यान दिएनौं । पार्टी विधानले तोकेको बाहेक बैठक पनि हामी बस्दैनौं । यसबारे समयमै सोचिनु जरुरी छ ।
अब चुनावकै कुरा गर्ने हो भने हिजो मिलेर चुनाव लड्दा हामीले धेरै ठाउँमा जितेका थियौं । हिजो एक्लै चुनाव लड्दा पनि धेरै ठाउँमा जित ल्याएका थियौं । आज अब गठबन्धनका कारण अरुलाई पनि ठाउँ दिनु पर्ने अवस्था छ । वाम दल टुक्रँदा पनि बेग्लै लड्ने हैसियत निर्माण भएको छैन । अहिलेको अवस्थाको यो संगठनले तनहुँका सबै ठाउँमा विजयको झण्डा फहराउन सक्ने कि नसक्ने भन्ने विषय महत्वपूर्ण हो ।
संगठन बलियो नहुँदासम्म चुनाव जितिन्न
जसले टिकट पाए पनि संगठन बलियो नहुँदासम्म सबै ठाउँमा जिताउन सकिन्न । अझै समय छ । घर घरमा कांग्रेस जनताको साथमा कांग्रेस अभियान लिएर संगठन निर्माण गरे आगामी निर्वाचनमा हामी सबै ठाउँ जित्न सक्छौं । गठबन्धनको दुई तिहाई सरकार बनाउन सक्छौं । तर हामीले गठबन्धनमा सिट वितरणका क्रममा भने स्थानीय निर्वाचनमा प्राप्त मतलाई आधार मान्नुपर्छ ।
एमालेजस्तो पार्टी छ, उसले संविधान जारी गर्ने कांग्रेसले नै नाकाबन्दी गरेको भनेर भोट तानेको छ, जबकी हाम्रै पालामा संविधान जारी भए पछि नाकाबन्दी भएको थियो । अहिले पनि उ अनेक षडयन्त्र गर्दैछ । राष्ट्रवादको तानाबाना बुनिरहेको छ । उसका पालामा जति पनि योजना सुनाइएको थियो, त्योअनुसार केही पनि भएन ।
वृद्धभत्ता १० हजार, पानी जहाज, पूर्व पश्चिम रेल, आज सबै हावा खाइसकेको छ । अब देश झुक्याउन राष्ट्रवादको नारा उसले लिन खोजिरहेको छ ।
राष्ट्रपतिले गरिमा बिर्सेर सेना प्रमुख अनि पहिलेकासँग अन्र्तक्रिया गरेर गलत रुपमा सक्रियता बढाउन खोजेकी छन् । ओलीले अध्यादेशमार्फत हस्ताक्षर गरेकै विधेयक पठाउँदा अहिले निषेध गरिएको छ । हिजो एमालेको पालामा ठिक आज संसदले पठाउँदा बेठिक भन्नु एमालेलाई राष्ट्रवादी बनाउन प्रोपोगाण्डामा प्रयोग भएको आशंका छ । अब उनलाई ओलीको मात्र राष्ट्रपति भन्नुपर्ने समय आएको छ ।
(नेपाली कांग्रेस तनहुँले दमौलीमा आयोजना गरेको कार्यक्रममा कांग्रेस केन्द्रीय सदस्य भट्टराईद्वारा प्रस्तुत मन्तव्यको सम्पादित अंश ।
सम्पादक)

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी