प्रदेश सभासदमा रेशमको तयारी

  • ख-
  • ख+

दमौलीः कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेललाई लामो समयदेखि साथ दिए पनि अवसरबाट भने बञ्चित रहँदै आएका कांग्रेस तनहुँका महाधिवेशन प्रतिनिधि रेशम गुरुङले प्रदेश सभासदको दौड थालेका छन् ।


बन्दीपुरको जनजाति समुदायमाझ बलियो पकड बनाएका गुरुङले राजनीतिको शुरुवातदेखि नै पौडेललाई साथ दिंदै आएका छन् । गत २०७४ र २०७९ को स्थानीय निर्वाचनमा गाउँपालिका अध्यक्षको टिकट आशा गरे पनि नपाएका पूर्व जिल्ला कोषाध्यक्ष गुरुङ यसपाली भने प्रदेश सभा निर्वाचनमा लड्ने मुडमा छन् ।


आफ्नै सहोदर दाजु सुकुमलाल गुरुङ पौडेलका प्रतिद्वन्द्वी गोविन्दराज जोशी पक्षधर भए पनि रेशमले भने पौडेललाई नै साथ दिइरहेका छन् । पौडेलनिकट भए पनि राजनीतिक अवसरबाट बञ्चित उनले यसपाली भने प्रदेश सभा निर्वाचनमा उम्मेदवारी दिने तयारी गरेका छन् । तर, प्रदेश १ ‘ख’का उनी प्रत्यक्ष लड्ने मुडमा भए पनि सम्भावित गठबन्धनका आधारमा उनको क्षेत्र माओवादीको पोल्टामा जाने देखिए पछि उनी समानुपातिक बाटोबाट भए पनि सभासद बन्ने योजनामा छन् ।


आफूले पौडेललाई हरेक अप्ठेरामा साथ दिएकाले उनले पनि आफूलाई साथ दिने गुरुङको विश्वास छ । गत निर्वाचनमा जनजाति समुदायको साथ नभएका कारण चुनाव जित्नसमेत कठिन भएको ठानिएकाले कांग्रेसले यसपाली जनजाति समुदायलाई समेटेर लैजाने योजना बनाएको छ । र, प्रदेश सभा निर्वाचनमा त्यो सम्भावना अझ बढी हुने बताइन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी