स्कुटर पल्टँदा श्रीमान श्रीमती घाइते

  • ख-
  • ख+

दुलेगौंडाः शुक्लागण्डकी ६ मिलडाँडास्थित पृथ्वी राजमार्गमा स्कुटर दुर्घटनामा परी श्रीमान श्रीमती घाइते भएका छन् ।

बेलचौताराबाट खैरेनीटारतर्फ जाँदै गरेको ग ११ प ८४१२ नं.को स्कुटरलाई सोही दिशातर्फ जाँदै गरेको ना ६ ख ३४२१ नं.को ट्रकले ठक्कर दिँदा स्कुटर चालक स्थानीय धनबहादुर विक र पछाडी सवार उनकी श्रीमती ७३ वर्षिया उमा विक घाईते भएका हुन् ।

दुवैको तनहूँ सेवा अस्पताल दुलैगौंडामा उपचार भैरहेको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी