माओवादी कसरी सर्वहाराको पार्टी ?

  • ख-
  • ख+

देव गजमेर

नेकपा माओवादी केन्द्रले दश वर्षे जनयुद्धको सुरुवात गर्दा तिनै नेताले भन्ने गरेका थिए “यो हाम्रो गौरवशाली पार्टी नेकपा माओवादी गरीव, दलित सर्वहारा वर्गको पार्टी हो । हामीहरू दलितको हक-अधिकारको निम्ति लडेका हौं, हाम्रो लडाइमा तपाईहरुले पनि साथ दिनुहोस्” भन्दै धेरै दलितले जनयुद्धको समयमा साथ दिए, सायद जनयुद्धको अवधिमा पनि अलि वढी दलित नै सहिद भएका थिए होलान् ।

अझै पनि जति दलितले अधिकार पाएका छन् ,त्यो माओवादी पार्टीका कारणले हो कुनै दुईमत छैन , नेताले मात्र होइन धेरै दलितले भन्ने पनि गर्छन् ,तर आज तिनै नेता, दलितले त्यसो भनि रहदा किन पार्टी ले बुझ्ने प्रयास गरेन यो समिति मा दलित लाई पनि समेट्नु पर्छ । कतै यो पार्टीले पनि सहिद दलितका सपनाहरुलाई कुल्चिएको त होइन ? हालै गठित कमरेड प्रचन्डको कमिटीमा दलित नेता अट्न नसकेको अवस्थामा देखियो , यस्तो अवस्थामा पनि भन्ने गर्दछन्, गरीव, दलित, सर्वहारा वर्गको पार्टी हाम्रो नेकपा माओवादी पार्टी हो ।

यो पार्टीको महाधिवेशन भएको करिब आठ महिना पछि वल्ल वल्ल पदाधिकारी टुंगो लगाउन सफल भए गत शनिबार बसेको स्थायी कमिटी बैठकले २१ सदस्यीय पदाधिकारी टिमको टुंगो लगायो तर गरिव, दलित ,सर्वहाराको पार्टी २१ सदस्यीमा १ जना पनि दलित अट्न सकेनन् भने अव कसरी यो पार्टीलाई दलित सर्वहारा वर्गको पार्टी भनेर चिन्ने, करिब ६० लाख दलितले सोच्नै पर्छ । साच्चै यदि यो समिति प्रतिनिधि सभा र प्रदेश सभाको लागि मात्र गठन भएको हो भने पनि यो समिति मा १ जना दलित नेता त अवश्य समेटिनु पर्ने थियो ।

त्यसै त माओवादी केन्द्रको पार्टीमा प्रत्येक कमिटी मा १५ प्रतिशत दलित राख्ने व्यवस्था गरिएको छ भनिन्छ । खै त व्यवस्था को कार्यन्वयन भएको यदि यस्तो व्यवस्था पक्कै थियो र छ भने किन यो कमिटीमा दलित नेताले स्थान पाएनन् ? अव फेरी दलित को लागि यो पार्टीलाई कसरी क्रान्तिकारी पार्टी भन्ने ? यो चासोको विषय बन्दै छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी