गुणादीको तीज गीत प्रतियोगितामा आदर्श युवा क्लब महेन्द्र मावि प्रथम

  • ख-
  • ख+

गुणादी: गुणादीमा भएको तीज गीत प्रतियोगितामा आदर्श युवा क्लब महेन्द्र मावि प्रथम भएको छ । सहभागी ६ टिमलाई पछि पार्दै आदर्श प्रथम भएको हो ।

प्रतियोगितामा गणेश आमा समुह म्याग्दे ३ बेलटार द्वितिय , एकता मगर समाज तृतीय र सयपत्रि आमा समूह दिर्वु सान्त्वना भए का छन् । प्रतियोगितामा पुरस्कार पाउने टिमलाई कार्यक्रमका प्रमुख अतिथि म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठ तथा उपाध्यक्ष बालकृष्ण घिमिरेले नगद तथा प्रमाणपत्र पुरस्कार प्रदान गरेका थिए।

उद्घाटन कार्यक्रममा म्याग्दे गाउँपालिकाका अध्यक्ष श्रीप्रसाद श्रेष्ठले महिलाहरूले संस्कार र संस्कृति जोगाउने खालको तिज गित गाउनुपर्ने बताए । ‘हामीले अरूको देखेर होइन हाम्रो संस्कृति लाई पछ्याउनुपर्छ,’ श्रेष्ठले भने ।

म्याग्दे गाउँपालिकाका उपाध्यक्ष बालकृष्ण घिमिरेले उत्पादनमुखि सहकारीलाई गाउँपालिकाले प्राथमिकता दिने बताए ।


सहकारीकी अध्यक्ष कमला सिग्देल खनालको अध्यक्षतामा भएको कार्यक्रममा म्याग्दे १ का अध्यक्ष मणिभद्र वाग्ले , निवर्तमान अध्यक्ष शिवसरण वाग्ले , कार्यपालिका सदस्य जानकि थापा , माथिल्लो गुणादी टोल अध्यक्ष सविना श्रेष्ठ , मिश्रित सहकारीका अध्यक्ष विनोददत्त खनाल , बाराही सहकारीका संस्थापक अध्यक्ष महाकाली खनाल, महेन्द्र माविका प्रधानाध्यापक सोम बहादुर थापा, बाराही सामुदायिक वनका अध्यक्ष मुक्तिनाथ खनाल, म्याग्दे १ वडा सदस्य केशरी सुनार, उमाचोक सामुदायिक वनका अध्यक्ष यमबहादुर थापा , देवा खनाल लगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा सरिता भण्डारी, अन्जना तिमल्सेना र लक्ष्मी पौडेलले निर्णायकको भूमिका निभाएका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी