स्याङ्जाका इञ्जिनियर ७५ हजार घुससहित दमौलीबाट समातिए

  • ख-
  • ख+

दमौलीः शिक्षा विकास तथा समन्वय एकाई स्याङ्जामा कार्यरत एक इञ्जिनियर घुससहित दमौलीबाट पक्राउ परेका छन् । पक्राउ पर्नेमा सप्तरीको बोदेबर्साइन नगरपालिका घर भई शिक्षा विकास तथा समन्वय इकाई स्याङ्जामा कार्यरत अमलेसकुमार निक्लम छन् ।


स्याङ्जाको एक विद्यालय भवन निर्माण सम्पन्न भएपछि अन्तिम रकम निकासाका क्रममा उनले घुस मागेको गुनासोपछि प्रहरीले उनलाई पक्राउ गरेको प्रहरी नायब उपरीक्षक युवराज खड्काले बताए ।

उनीविरुद्ध अनुसन्धान भैरहेको प्रहरीले बताएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्