युवा व्यवसायी गहतराजको “मुटु” एल्वम सार्वजनिक

  • ख-
  • ख+

देव गजमेर दमौली : लामो समय देखि व्यबसायी क्षेत्रमा लागेका युवा व्यवसायी गायक राज गहतराजले “मुटु” एल्बम युटुव मार्फत सार्वजनिक गरेका छन् । “मुटु” एल्बममा आफ्नै स्वर तथा शब्द रहेको छ ।

राज गहतराज र रेखा सुनार गहतराजको अभिनय रहेको भिडियोमा देख्न सकिन्छ । गीतमा संगीत संयोजक अमित गुरुङले गरेका छन्, त्यस्तै भिडियो विवेक एण्ड विकी ले गरेका हुन् भने सम्पादन अर्जुन क्षेष्ठको रहेको छ । मिक्सिङ÷मास्टरिङ– दीपक लामाले गरेका छन् । गीतले प्रेममा परेका युवा र युवतीको प्रगाढ मायाका, प्रेम भावहरुलाई उतारिएको छ गायक राज गहतराजले गीतको अडियो र भिडियो राम्रो बनेकाले पनि दर्शकलाई मनपर्ने उनले विश्वास व्यक्त गरे ।

उनले आफ्नो लागि पनि यो गीत विशेष रहेको बताए । यस अघि “तिम्रो” एल्बम बजारमा ल्याइसकेका छन् , “मुटु” एल्बम दोस्रो हो । लेखन, गायन लगायत अन्य थुप्रै प्रतिभाका धनी गहतराजले व्यवसायी क्षेत्रमा मात्र नभई नेपाली गित संगीत क्षेत्रमा पनि आफ्नो छुट्टै स्थान बनाउन सफल गाएका रुपमा चिन्न सकिन्छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी