२४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु

  • ख-
  • ख+

काठमाडौं :कोरोना भाइरसको संक्रमणबाट नेपालमा थप १९ जनाको मृत्यु भएको छ।

पछिल्लो २४ घण्टामा कोरोना संक्रमणबाट थप १९ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। योसँगै कोरोना संक्रमणबाट अहिलेसम्म नेपालमा मृत्यु हुनेको संख्या ५५४ पुगेको छ। 

यस्तै, नेपालमा थप  २४४० जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको प्रवक्ता गौतमले जानकारी दिए। 

योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ८९ हजार २६३ पुगेको छ। संक्रमितमध्ये ६५  हजार २०२ जना निको भएर घर फर्किएका छन्।

प्रवक्ता गौतमका अनुसार सोमबार कोरोनालाई जितेर  ११३३  जना अस्पतालबाट डिस्चार्ज भएका छन्।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी