कोत्रेमा करेन्ट लागेर बुबा छोराको मृत्यु आमा घाइते

  • ख-
  • ख+

दुलेगौँडा: शुक्लागण्डकीमा करेन्ट लागेर बुवा छाेराकाे मृत्यु भएको छ भने अामा घाइते भएकी छन् ।


भदौ ०२ गते बेलुकी शुक्लागण्डकी २ कोत्रे स्थित गुहेखोलामा बिद्युतिय तारको प्रयोग गरी माछा मार्न गएका बाबु छोराको मृत्युु भएको हाे ।


पाल्पा निस्ती गाउँपालिका वडा नं. ५ घर भई हाल शुक्लागण्डकी नगरपालिका वडा न.२ कोत्रे स्थित बंगुर फारममा काम गर्दै आएका बर्ष २२ को चित्र बहादुर ब्याम्बो, निजकै श्रीमती बर्ष १९ कि दिलमाया ब्याम्बो,र छोरा ९ महिनाको आदी ब्याम्बोलाई माछा मार्ने क्रममा अचानक करेन्ट लागि तिनैजना गम्भिर घाइते भएका थिए ।


घाईते मध्ये चित्र बहादुर ब्याम्बो र ९ महिनाको आदी ब्याम्बोको उपचारको क्रममा गण्डकी मेडिकल कलेज पोखरामा मृत्यु भएको तथा घाईते दिलमाया ब्याम्बोको सोही अस्पतालमा उपचार भईरहेको प्रहरीले बताएको छ ।

उक्त घटना सम्बन्धमा थप अनुसन्धान भईरेहेको पनि प्रहरीले जनाएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी