भाद्र ३ गते दमौलीमा श्रीकृष्ण जन्माष्टमी महोत्सव

  • ख-
  • ख+

दमौलीः नेपाल अन्तर्राष्ट्रिय कृष्णभावनामृत संघ इस्कोन दमौली शाखाको आयोजनामा भाद्र ३ गते श्रीकृष्णजन्माष्टमी महामहोत्सव हुने भएको छ ।

कृष्णअष्टमीको अवसर पारेर व्यास नगरपालिका वडा नं ४ संगम टोलमा रहेको संघको दमौली शाखा कार्यालयमा महामहोत्सव गर्न लागिएको इस्कोन दमौली शाखाले जनाएको छ ।

शुक्रबार दिउँसो १२ बजेदेखी राती १२ बजेसम्म कार्यक्रम हुने शाखा सदस्य इन्जिनियर शुशिल खनालले बताए ।
कार्यक्रमको अवसरमा हरिनाम संङ्कीर्तन, कृष्ण कथा लिला, कृष्ण झुला, औपचारिक कार्यक्रम अभिषेक, दीपदान, प्रसाद वितरण लगायतका कार्यक्रम हुने खनालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी