रवि लामिछानेको घण्टीले तनहुँ मुस्लिम समुदायमा तरंग

  • ख-
  • ख+

विकास खनाल

दमौलीः स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछाने दमौलीको मस्जिदमा पसेर गएको झण्डै दुई हप्ता भयो । पोखराको कार्यक्रममा दमौली हुँदै जाने क्रममा लामिछानेको टोली घण्टी लिएर मस्जिदमा जम्मा भएका मुस्लिम समुदायलाई भेट्न पुगेका थिए । तर, त्यही भेटका क्रममा लिएको सामुहिक फोटोलाई लिएर अहिले तनहुँ मुस्लिम समुदायमा तरंग श्रृजना भएको छ ।


खासगरी लामिछानेको स्वतन्त्र पार्टीले चुनाव प्रचारप्रसार को क्रममा मंसिर ४ गते हुने निर्वाचनमा मतदान दिन अपिल गर्दै आफ्नै मुस्लिम सहयोगीको सहकार्यमा भेटघाट र आफ्नो कुरा राखेका थिए ।
त्यसक्रममा तनहुँका मुस्लिम अगुवाहरूले धर्तीको माया भएको पार्टीलाई जनताले रोज्ने बताएका थिए । ‘सधैं आश्वासन मात्रै दिने तर केही नगर्नेलाई अबको चुनावमा जनताले भोट दिँदैनन् किनकि जनताले परिवर्तन चाहेका छन् ,’ उनिहरूले थप प्रस्ट्याएका थिए । तर त्यहि कुरालाई लिएर केही ब्यक्तिहरूले सत्य कुरालाई तोडमोड गरेर सामाजिक सञ्जालमा लेखेपछि मुस्लिम समुदाय भित्र ठुलै तरंग गएको चर्चा चलेको छ ।


समुदायभित्रबाटै केहीले तनहुँका मुस्लिमले धर्म छाडेर मस्जिदमा घण्टी छिराएको भन्दै सामाजिक सञ्जालमा लेखेपछि यस्तो भएको हो । दुई हप्ता बितिसक्दा पनि यो कुरा सेलाउला भन्दा झनै भुसको आगो जस्तो सल्किरहे पछि दमौली मुस्लिम अन्जुमन कमिटीले शुक्रबार समितिको बैठक राखेको छ ।
यता विषयको विवाद चर्केपछि अनावश्यक कुरा भन्दै दमौलीका अगुवा मुस्लिम समुदायले भने कडा आपत्ति जनाएका छन् । ‘हामीले मस्जिद भित्र लगेका हैनौं, बाहिर फोटो खिचेको हो, लामिछानेको पार्टी आउने भनेपछि हामीले नआउ भन्न मिलेन, घण्टी छुंदैमा जात धर्म जान्छ ?’ भन्दै प्रश्न गरेका छन् ।


कोही आफ्ना कुरा लिएर आउँदा सुन्ने र भेट्ने अवस्था सबैसँग हुने भन्दै उनीहरुले यसलाई धार्मिक रंग दिन नहुने बताएका छन् ।
हामीले कसैलाई अपहेलित गर्न मिल्दैन, यसमा कसैले रोइकराई गर्नु बेकार छ । मुस्लिम अगुवाहरूले भनेका छन् । मुस्लिम अन्जुमन कमिटीका कोषाध्यक्ष सिद्धिक मियाँले सामाजिक सद्भाव खलबल्याउने काम कसैले गर्न नहुने बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी