म्याग्दे : म्याग्दे गाउँपालिका वडा नं ७ का एक युवकलाई क्यान्सर भएको छ । १८ बर्षका युवक बिरेन्द्र पाैडेल एक वर्षयता पेटकाे क्यान्सरबाट पीडित भएकाले परिवारले सहयोगकाे अपिल गरेको छ । एसइइ दिएका पाैडेल अध्यनकै शिलशिलामा पेटको समस्या भएको र अस्पतालमा गई जचाँउदा क्यान्सर भएको पत्ता लागेको थियो ।
भरतपुर क्यान्सर अस्पतालमा उपचार गराइरहेका उनको
किमाे चढाउने काम सुरु भएको परिवारले जनाएको छ । उपचारको क्रममा हालसम्म ६ लाख खर्च भइसकेको र घरको अवस्था सामान्य रहेको हुँदा थप उपचारमा समस्या परेको म्याग्दे दमौली समाजका संस्थापक अध्यक्ष भाग्यशाली ढुंगानाले बताए ।
परिवारकाे आर्थिक अवस्था कमजोर भएको हुँदा म्याग्दे समाज लगायतले आर्थिक संकलनका लागि पहल सुरु गरेको ढुंगानाले बताए । यता दमौली आई बसाेबास गर्ने म्याग्दे ७ अासपासका बासिन्दाले पनि पाैडेलकाे उपचारको लागि छलफल चलाएका छन् ।
बिरेन्द्र पाैडेल बचाउ अभियान लिएर सबै माझ सहयोगका लागि अाव्हान गरिने सहयोग अभियानका अगुवा विष्णु पराजुलीले बताए ।
‘हामीले घरको अवस्था बुझ्याैं , एउटा जग्गा पनि बेचिसकेकाे पायौं , अरू पैसा नभएको र उपचार गर्न समस्या भएको पाएपछि लाउँलाउँ खाउंखाउँ अवस्था उमेरको युवालाई बचाउनुपर्छ भन्ने ठान्याैँ र अभियान सञ्चालन गर्ने अठोट गरि अगाडि बढ्दै छाैँ,’ पराजुलीले भने ।
अभियानमा सरिक हुन र सक्दो सहयोग गर्न उनलेे सबैलाई आग्रह गरेका छन् । पाैडेलकाे उपचारका लागि म्याग्दे गाउँपालिकाकाे अति विपन्न सिफारिसबाट केही कम खर्च प्राप्त भएको पराजुलीले बताए ।