
दमौलीः पृथ्वी राजमार्ग बस सन्चालक कम्पनी प्रालि सेवा प्रदायक कार्यालय दमौलीको भेला सम्पन्न भएको छ ।
भेलाले दोस्रो कार्यकालका लागि क्षेत्रीय संंयोजकमा पुनः विक्रम थापालाई सर्वसम्मत चयन गरेको निर्वाचन संयोजक एवम् पृथ्वी राजमार्ग बस सञ्चालक कम्पनी प्रालिका सञ्चालक समिति सदस्य ओमप्रकाश कार्कीले बताए ।
भेलामा समितिका बरिस्ठ सल्लाहकार घनश्याम श्रेष्ठ , बिज्ञान श्रेष्ठ , ज्ञानु केसी लगायतका अतिथिहरूको उपस्थिति रहेको कर्मचारी कृष्ण केसी नागिलाले बताए । पोखरामा मुख्य कार्यलय रहेको सञ्चालक कम्पनीको ९ वटा सेवाप्रदायक कार्यलय हरू रहेका छन् । जसमा दमौली , डुम्रे , गोर्खा , लमजुङ लगायतका छन् ।

नौ सेवाप्रदायक कार्यालयमध्ये दमौलीमा पहिलो भेला सम्पन्न भएको निर्वाचन संयोजक कार्कीले बताए । तनहुँ पछि क्रमशः अन्य ठाउँको अधिवेशन सम्पन्न गर्ने कार्कीले बताए ।