
दमौलीः पृथ्वीराजमार्ग सडक अन्र्तगत म्याग्दे गाउँपालिका वडा नं २ धयँरेस्थित सम्धी खोला पुलबाट माइक्रोबस पल्टिँदा १४ यात्रु घाइते भएका छन् ।
बिहीबार बिहान दमौलीबाट पोखरातर्फ जाँदै गरेको बा ४ ख ९९९९ नम्बरको माइक्रो बस दुर्घटना हुँदा चौध जना यात्रु घाइते भएका जिल्ला प्रहरी कार्यलय तनहुँका डिएसपी युवराज खड्काले बताए ।
सम्धी खोला पुलको रेलिङमा ठक्कर खाई १५ फिट तल माइक्रो खस्दा दुर्घटना भएको डिएसपी खड्काले बताए ।
घाइतेमध्ये, बिमल रानाभाट, भानु प्रसाद भट्टराई, बिन्दु भट्टराई, भावना श्रेष्ठ र माईक्रोबस चालक जिवन आले सहित पाँच जना गम्भीर प्रकृतिका देखिएकोले पोखराको मणिपाल अस्पतालमा रिफर गरिएको छ ।
अन्य नौ जना सामान्य घाइतेहरुको दमौली स्थित रत्नहरी मेमोरिएल अस्पतालमा उपचार भईरहेको छ ।