दमौली : ब्राह्मण समाज तनहुँको आयोजनमा सामूहिक रक्षाबन्धन गर्ने भएको छ ।

जनैपूर्णिमाको दिन तनहुँको दमौली,अनसन चौतारीमा सामुहिक रक्षबन्धन कार्यक्रमको आयोजना गरिएको हो । धार्मिक,साँस्कृतिक र जातिय सद्भाव कायम गर्न सामूहिक रक्षबन्धन कार्यक्रमको आयोजना गरीएको ब्राह्मण समाज तनहुँका अध्यक्ष कृष्णचन्द्र पाण्डेले जानकारी दिए ।

उक्त दिन बिहान ९ बजेदेखि दिउँसो १२ बजेसम्म रक्षबन्धन कार्यक्रम हुने बताइएको छ ।

अन्तिम पटक अध्यावधिक गरिएको 307 Viewed

प्रतिक्रिया दिनुहोस्