दशैंमा आउनेका लागि अनिवार्य १४ दिन क्वारेन्टाइन

  • ख-
  • ख+

दमौलीः दशैंका बेला घर आउनेका लागि अनिवार्य रुपमा १४ दिन क्वारेन्टाइन राख्ने जिल्ला संकट व्यवस्थापन केन्द्र कोभिड कमाण्डले निर्णय गरेको छ ।

सोमबार प्रमुख जिल्ला अधिकारी सागर आचार्यको संयोजकत्वमा बसेको बैठकले चाडपर्वमा देश तथा विदेशबाट घर आउनेको संख्या अधिक हुँदा कोभिड संक्रमणको जोखिम बढ्ने भन्दै यस अवधिमा आउनेका लागि अनिवार्य रुपमा क्वारेन्टिन राख्ने निर्णय गरेको छ ।


बैठकले तनहुँमा कोेरोना संक्रमणको जोखिम बढिरहेको भन्दै जोखिम कम गर्नका लागि सबै तहमा लागू हुने गरी सावधानी अपनाउन यस्तो निर्णय गरेको सहायक प्रमुख जिल्ला अधिकारी चित्रांगद बरालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्