तनहुँ मुक्तिनाथ च्यवन धामको बाेलबम महाेत्सवमा भिड

  • ख-
  • ख+

विकास खनाल
गाछेपानी: तनहुँको प्रसिद्ध धार्मिक स्थलको रुपमा स्थापित मुक्तिनाथ च्यवन धाममा भएको शिव महिमा बोलबम महोत्सवमा भक्तजनको भिड लागेको छ ।

मन्दिरलाई धार्मिक पर्यटकीय क्षेत्रको रुपमा स्थापना गर्ने साथै धार्मिक उत्प्रेरणाको माध्यमबाट समाज परिर्वतन गर्ने मुल उद्देश्य सहित आयोजना गरिएको महाेत्सवमा भक्तजनको भिड लागेको हो ।


श्रावण १६ गतेदेखि २३ गतेसम्म हुने शिव महिमा बाेलबम महाेत्सवमा तनहुँ लगायतका छिमेकी जिल्ला , कास्की , स्याङ्जा , लमजुङ बाट भक्तजनहरू अाउने गरेको स्थानीय सरन सापकोटाले बताए ।


महाेत्सवमा भागवत मञ्जरि ” राधिका दासी” महाराजकाे मुखारबिन्दु बाट कथा बाचन भएकोले पनि झनै महिला भक्तजनको उपस्थिति देखिएको अायाेजक अगुवा युवा शंकर पन्तले बताए ।


महोत्सवको पहिलो दिन शुक्लागण्डकी नगरपालिका गेटदेखि मन्दिर सम्म कलश यात्रा गरि सुरु गरिएको महाेत्सवमा दिनप्रतिदिन भक्तजनको भिड बढेको पन्तले बताए ।
२०६७ सालमा पहिलोपटक महायज्ञ लगाइ १ करोड ५१ लाख रूपया उठाएर संरचना निर्माण सुरु गरिएकाे धामका अध्यक्ष सुमेन्द्र लालचनले बताए ।

२०६७ सालमा महायज्ञ लगायाैं त्यसमा बाेलेकाे पैसा उठाउन धन्नै २ बर्ष लाग्याे भन्दै लालचनले पैसा उठेपछि धाम बनाउन सुरु गरिएको बताए । हामीले मुक्तिनाथ मन्दिर कै स्वरूप दिने उद्देश्यले काम अगाडि बढायाैं । १ सय ८ धारा , १ सय ८ शिवलिङ्ग , च्यवन ऋषिकाे स्तम्भ निर्माण गर्याैँ जसले गर्दा धार्मिक भक्तालुहरूकाे राेजाइमा पर्न सफल भयो,’ अध्यक्ष लालचनले भने ।’ पर्यटकहरू काे लागि पार्क पनि निर्माण गरेका छाैँ जसले गर्दा फाेटाे खिच्न , टिकटक बनाउन अान्तरिक पर्यटकहरू आउँछन् ,’ उनलेे भने ।

झण्डै ३३ राेपनी क्षेत्रफलमा फैलिएको च्यवन धाममा शिव मन्दिर , गणेश मन्दिर , गुम्बा , बिष्णु , दुर्गा , सुर्यकाे मन्दिर रहेको छ ।
मन्दिरमा खासगरी शिवरात्रि , तिज र श्रावण महिनाकेा साेमबार बढि भिड लाग्ने गर्दछ । हाल सञ्चालन भैरहेको महाेत्सव काे अाम्दानि तथा स्थानीय निकाय , प्रदेश सरकार , संघिय सरकार र सहयोगी दाताहरूबाट आम्दानी हुन सके पृथ्वीराजमार्गकाे गाछेपानि प्रवेशद्वारमा मुल गेट र मुलगेट देखि मन्दिर सम्म बाटो विस्तार तथा कालोपत्रे गर्ने लक्ष्य मन्दिर व्यवस्थापन समितिले राखेको छ ।

मन्दिरमा हाल दैनिक पुजाकाे लागि पुजारी र सरसफाइ एवम् रेखदेखका लागि दुई कर्मचारी राखिएको छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्