तनहुँमा ६ वटा मतदान केन्द्र थप्न सिफारिस, कहाँ थपिंदैछन्, कहाँ स्थानान्तरण

  • ख-
  • ख+

दमौलीः जिल्ला निर्वाचन कार्यालय तनहुँले छवटा मतदान केन्द्र थप गर्न को लागि निर्वाचन आयोगमा सिफारिस गरेको छ । त्यस्तै सातवटा ठाउँ सारी गर्न र सातवटाको नाम शंसोधन गर्न मन्त्रालयमा सिफारिस गरेको छ ।

मतदानस्थल तथा मतदान केन्द्र सिफारिस समितिले निर्णय गरी मतदानका लागि भौगोलिक विकटता, लामो दुरी र अपायक परेका क्षेत्रमा मतदान केन्द्र थप गर्नको लागि निर्णय गरी पठाएको निर्वाचन कार्यलय तनहुँका प्रमुख हरिप्रसाद ढकालले बताए ।

समितिको निर्णयको आधारमा अनुसुची फाराम भरेर आयोगमा पठाउने तयारी गरिएको ढकालले बताए । ढकालका अनुसार शुक्लागण्डकी नगरपालिकामा दुई,व्यास नगरपालिकामा दुई,बन्दीपुर र आँबुखैरेनी गाउँपालिकामा एक÷एक वटा मतदान केन्द्र थप्न गर्न माग गरिएको छ ।

मतदान केन्द्र थप गर्नको लागि व्यास नगरपालिका–६ को शुक्र आधारभूत विद्यालय चिन्तुटार र व्यास–१० को स्थित शिव माध्यमिक विद्यालय दुम्सीचौर रहेका छन् । त्यसैगरी शुक्लागण्डकी वडा नं २ र ३ का क्रमश ः शिला आधारभूत विद्यालय हलेदी र शहिद कृष्ण माध्यमिक विद्यालय कवासे रहेका छन् ।

त्यसैगरी, बन्दीपुर गाउँपालिका वडा नं ६ को साराडघाट कृषि सेवा केन्द्र र आँबुखैरेनी वडा नं ४ को छिम्केश्वरी मावि भाँगेमा मतदान केन्द्र थपको लागि सिफारिस गरि पठाइएको छ ।

स्थानीय तहमा सर्वदलीय सहमति भई आएका मतदान केन्द्रका लागि पुन ः मतदान केन्द्र सिफारिस समितिले निर्णय गरी पठाइएको हो । उनले भने ‘प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा उक्त समिति गठन गरिएको हुन्छ ।’
तनहुँमा ०७९ सालको स्थानीय तहको निर्वाचनमा १३६ वटा मतदान केन्द्र कायम गरिएको प्रमुख ढकालले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्