अपडेटः दमौली अस्पताल बन्द नहुने

  • ख-
  • ख+

दमौलीः मेडिकल सुपरिटेण्डेण्ट डा. सुनिल पौडेल र कार्यालय सहयोगीमा संक्रमण देखिए पनि तत्कालका लागि दमौली अस्पताल बन्द नहुने भएको छ । अस्पतालका अधिकारीहरुले सोमबार सबै स्टाफको स्वाब संकलन गरिने र त्यसको नतिजाका आधारमा मात्र अस्पतालबारे थप निर्णय लिइने बताए ।

अस्पताल विकास समितिका अध्यक्ष प्रदीपराज अधिकारीले परिस्थिती हेरेर सल्लाहपश्चात निर्णय गरिने बताए ।

केही दिन अघि काठमाडौं गएर आएका मेसु पौडेललाई केही दिन अघि ज्वरो देखिएकाले गरिएको परीक्षणका क्रममा कोरोना पुष्टि भएको थियो । पौडेलले लक्षण देखिएका केही स्टाफ हाल ‘सेल्फ आइसोलेसन’ मा रहेको बताए । ‘लक्षण देखिएका आइसोलेट छौं,’ उनले भने,‘बाँकीको स्वाब संकलन गरेर पठाउँदा खराब नतिजा आए बन्द हुन्छ ।’

उनले प्रसुती र अन्य अत्यावश्यक सेवा दिनुपर्ने भएकाले सम्भव हुँदासम्म अस्पतालको सेवा नरोक्ने तर सतर्कता अपनाएर सेवा दिइने बताए । ‘स्वास्थ्यका मापदण्ड पालना गरेरै सेवा दिन्छौं,’ उनले भने ।

संक्रमणपछि डा. पौडेल आफैं पनि आईसोलसनमा गएका छन् । उनको प्रत्यक्ष सम्पर्कमा भएका प्रशासन र अन्य चिकित्सक हाल सेल्फ आइसोलेसनमा छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी