साइप्रस युएन मिसनमा मोहनमणि बने पहिलो नेपाली प्रहरी अधिकृत

  • ख-
  • ख+

दमौलीः संयुक्त राष्ट्रसंघीय शान्ति मिसनअन्र्तगत साइप्रसमा पहिलो पटक नेपाल प्रहरी सहभागी भएको छ ।


नेपाल प्रहरीका प्रहरी नायब उपरीक्षक तनहुँ म्याग्दे थर्पुका मोहनमणि अधिकारीले प्लानिंग अफिसरका रुपमा शान्ति मिसनअन्र्तगत साइप्रसमा पहिलो पटक नेपाल प्रहरीको शान्ति मिसन थालेका हुन् । त्यहाँ शान्ति स्थापनामा कार्यरत संयुक्त राष्ट्रसंघीय बलमा यस अघि नेपालबाट कोही पनि प्रहरी अधिकृत सहभागी छैनन् ।


विश्वभरका प्रहरी अधिकृतहरुबीचको प्रतिष्पर्धामा अब्बल छनौट भएका अधिकारी नेपाल प्रहरीका पहिलो अधिकृत भएको नेपाल प्रहरीले जनाएको छ ।


साइप्रसमा संयुक्त राष्ट्रसंघले आयोजना गरेको कार्यक्रममा वरिष्ठ प्रहरी सल्लाहकार सातु कोभियुलगायतका वरिष्ठ अधिकारीको उपस्थितीमा नेपालको झण्डा पहिलो पटक फहराइएको छ । नेपालको पहिलो प्रतिनिधित्वपछिको सम्मानस्वरुप झण्डोत्तलन कार्यक्रम नै गरेर सम्मान प्रकट गरेको त्यहाँस्थित शान्ति मिसनको आधिकारिक फेसबुक पेजमा उल्लेख छ ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी