
दमौलीः क्षत्री समाज नेपाल तनहुँको भवनमा चोरी भएको छ ।
व्यास १ स्थित कराङकाठ मा रहेको भवनमा गए राती चोरहरूले ताला फोरेर भित्र पसि सचिव र कोषाध्यक्षको दराज फोरेको समाजका सचिव कुलबहादुर थापाले बताए ।
चोरहरूले दोस्रो तलामा समेत चाबी फुटाइ धाराका टुटिहरू आठवटा खोलेर लगेका छन् । चोरहरू नगद भन्दा कवाडी झिक्ने उद्देश्यले पसेको हुनसक्ने अनुमान गरिएको छ । सचिव थापाले चोरीको बिगबिगी गराउने उद्देश्यले घटना घटाइएको हुनसक्ने अनुमान गरे ।