
मुग्लिनः झण्डै २३ घण्टापछि यातायात सञ्चालनमा आएको संचालनमा आएको नारायणगढ–मुग्लिन सडक खण्ड पुनः अवरुद्ध भएको छ ।
बिहान करिब ३ बजेतिर भरतपुर २९ केराबारीस्थित सडकमा पहिरो खसे पछि सडकमा दुवैतर्फी यातायात रोकिएको इलाका प्रहरी कार्यालय चितवनले जनाएको छ ।
यस अघि पहिरो खसेकै ठाउँमा फेरि खसे पछि यातायात रोकिएको र खुलाउने प्रयास भैरहेको मुग्लिन प्रहरीले जनाएको छ ।
पहिरोमा नारायणगढबाट मुग्लिनतर्फ जाँदै गरेको एउटा भारतीय नम्बरको मिनी ट्रक समेत फसेको छ ।
वर्षायाम शुरु भएसँगै मुग्लिन नारायणगढ सडक पटक पटक अवरुद्ध बन्दै आइरहेको छ ।