तनहुँ प्रशासनमा पहिलो महिला प्रशासकिय अधिकृत

  • ख-
  • ख+

विकास खनाल
दमौलीः
जिल्ला प्रशासन कार्यालय तनहुँ(सिडिओ अफिस)ले पहिलोपटक महिला प्रशासकिय अधिकृत पाएको छ । तनहुँको शुक्लागण्डकी बेलचौतरा माइत तथा इलाम घर भएकी हरिता श्रेष्ठ तनहुँ सिडियो कार्यलयमा सरूवा भइ आएपछि कार्यालयले पहिलोपटक महिला प्रशासकिय अधिकृत पाएको हो ।


अधिकृत श्रेष्ठले चैत देखि आफ्नो काम गर्दै आएकी छन् । यसअघि अख्तियार दुरुपयोग अनुसन्धान कार्यालय काठमाडौंमा खरिदारको रूपमा रहेकी उनी अधिकृतमा नाम निकालेर पहिलो पोस्टिङमा तनहुँ आएकी हुन् ।
अंग्रेजीमा स्नातकोत्तर ३७ वर्षीया श्रेष्ठ तनहुँ आएपछि सेवा लिन सहज सेवा पाएको सेवाग्राहीले बताएका छन् । भिमाद ४ की सुकुमाया क्षत्रीले महिला अधिकृत देख्दा खुशी लागेको बताइन् ।

‘आमा समुहको काम लिएर झ्याल नं ७ मा गएको थिएँ, मीठो बोली र व्यवहारले सजिलोसँग गरेर पठाइदिनुभयो,’ क्षेत्रीले खुसी हुँदै भनिन् ।

प्रशासन कार्यालयमा पहिलोपटक भएकोले पनि सुरुमा केही दिन नौलो लागे पनि अहिले सामान्य लाग्दै गएको श्रेष्ठले बताइन् । ‘यो संवेदनशील ठाउँ पनि हो, काम पनि त्यस्तै खालको हुन सक्छन् म बुझेर मात्रै काम गर्छु,’ श्रेष्ठले भनिन् । सेवाग्राहीले दुःख नपाउने गरि आँफुले काम गर्ने गरेको उनले प्रतिवद्धता जनाइन् ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी