‘फरार’ २४ पक्राउ

  • ख-
  • ख+

दमौलीः तनहुँ प्रहरीले विभिन्न मुद्दामा सजाय फैसला भएका २४ जनालाई आईतबार पक्रेको छ । पक्राउ पर्नेमा कतिपय मुद्दाका ‘फरार’ तथा कतिपय भने फैसला भएर पनि सजाय भुक्तान गर्न बाँकी छन् ।


प्रहरी नायब उपरीक्षक युवराज तिमल्सेनाका अनुसार यसरी पक्राउ पर्नेमा लागूऔषध मुद्दादेखि सवारी ज्यान, मानव बेचविखन, जालसाजी आदिका व्यक्ति छन् ।


उनीहरुबाट करिब ५७ हजार रुपैयाँ जरिवाना संकलन भएको र २ वर्ष १० महिना कैद सजाय भुक्तानका लागि अदालत पठाइएकामा कारागार चलान भएको प्रहरी नायब उपरीक्षक तिमल्सेनाले जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी