
दमौली: ज्येष्ठ नागरिक मिलन केन्द्र दमौलीले १५ श्रावणको अवसरमा अाफ्ना सदस्यहरू लाई खीर खुवाएकाे छ ।
प्रत्येक वर्ष श्रावण १५ गते जेष्ठ नागरिकहरुलाई खीर खुवाउँदै आएकाले यसपटक पनि कार्यक्रम अायाेजना गरिएको केन्द्रका अध्यक्ष शालिकराम गिरिले बताए ।
कार्यक्रममा जेष्ठ नागरिक हरूकाे बाक्लो उपस्थिति रहेको थियो । मिलन केन्द्रले असार १५ गते दहि चिउरा संस्कृतिलाई पनि निरन्तरता दिएको केन्द्रका सदस्य बाबुराम पौडेलले जानकारी दिए ।
‘हामीले पुरानो परम्परा कायम राख्न र नयाँ पिढिलाइ पनि श्रावण १५ काे महत्त्व जानकारी हाेस भन्ने हेतुले याे कार्यक्रम अायाेजना गरेका हाैँ,’ पाैडेलले भने ।