भगवती पानी मन्दिरमा सामुहिक रुद्री

  • ख-
  • ख+

दमौली : व्यास ११ र भानु न.पा.– ६ को सिमानामा रहेको धार्मिक स्थल भगवती पानी मन्दिरमा सामूहिक रुद्री पाठ भएको छ ।


मन्दिर संरक्षण समितिको आयोजनामा गरिएको रुद्री पाठमा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य गोविन्द भट्टराई, जिल्ला समन्वय समितिका प्रमुख शान्तिरमण वाग्ले, व्यास नगरपालिकाका मेयर बैकुण्ठ न्यौपाने, भानु नगरपालिकाका मेयर आनन्दराज त्रिपाठी, गैंडाकोट नगरपालिकाका मेयर मदनभक्त अधिकारी, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष पविन्द्रकुमार श्रेष्ठ, समाजिक अगुवा खड्कबहादुर अधिकारी, व्यास–११ का निबर्तमान् वडा अध्यक्ष नीरबहादुर खड्का र स्थानीय सर्वसाधारणको उपस्थिती थियोे ।


भगवतीपानी मन्दिरको पुरातत्विक संरक्षण तथा मन्दिरकोे विकास अवधारणाका बारेमा छलफल गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको शिक्षक प्रेमबहादुर रावतले बताए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्