
दमौलीः शताब्दी पुरूष भिम बहादुर बस्नेतको निधन भएको छ । तनहुँको व्यास नगरपालिका वडा नं १ घर भएका उनको शनिबार राती आफ्नै निवासमा निधन भएको आफन्तले जानकारी दिएका छन् ।
१९७९ सालमा जन्मेका बस्नेत सय बर्ष पूरा भएका थिए । बेलायती सैनिकमा समेत जागिरे बस्नेत व्यास क्षेत्रमा लामो समय सामाजिक अभियन्ताको रुपमा सक्रिय बने ।

साविक कर्लुङ्ग गाँउ पञ्चायतको उप्रधानपञ्च, दमौली छाब्दी मोटर मार्गको स्थापनाकालीन अध्यक्ष तथा व्यास नगरपालिका क्षेत्रका विभिन्न विद्यालयमा व्यवस्थापन समितिमा रहेका स्व .बस्नेत राष्ट्रिय प्रजातन्त्र पार्टी तनहुँका सस्थापक सदस्य एवम् पूर्व अध्यक्ष समेत हुन् ।