
दमौलीः व्यास नगरपालिका वडा नं ४ मा रहेको कालिका मन्दिरमा लियो क्लबले शनिबार सरसफाइ गरेको छ । मन्दिर जाने पद मार्ग तथा मन्दिर परिसर वरिपरि सरसफाइ गरिएको क्लबका अध्यक्ष महमद गफार सुदीपले बताए ।
उक्त कार्यक्रम लियो क्लब अफ तनहुँ निर्मल अल्फाको सहयोगमा आयोजना गरिएको अध्यक्ष गफारले बताए ।

सरसफाइका क्रममा पदमार्गमा रहेका डस्टबिनमा संकलन गरिएका सम्पुर्ण फोहरलाई समेत रोडमा झारिएको थियो । सरसफाई कार्यक्रममा क्लवमा आवद्व दुई दर्जन भन्दा बढी युवाहरुको सहभागिता रहेको क्लबले जनाएको छ ।