
विकास खनाल
दमौली: नेपाली काँग्रेसका बरिष्ठ नेता रामचन्द्र पौडेल अहिले जिल्ला दाैडाहमा छन् । संघीय चुनावको मिति नजिकिँदै गर्दा पाैडेल क्षेत्र नं १ मा उठ्ने तयारी गर्दै यतिबेला जिल्लाका गाउँ गाउँमा पुगेका छन् ।
यसै सन्दर्भमा पाैडेल साउन १० गते मंगलबार व्यास नगरपालिका– वडा नँ १३ र १४ का विभिन्न गाउँमा पुगि कार्यकर्तासंग भेटघाट तथा बिकास निर्माणका गतिविधि बारे जानकारी एवम् अनुगमन गरेका छन् । उनको अनुगमनलाई नेकपा माअाेवादि केन्द्रका नेता पुर्व प्रदेश मन्त्री तथा हालका प्रदेश सांसद हरिबहादुर चुमानले ब्यङ्ग्य गरेका छन् ।
एक अनलाइनमा पाैडेलकाे अनुगमन सम्बन्धि समाचारमा चुमानले ब्यङ्ग्य गर्दै लेखेका छन् – बुढाले मेरो पहलमा भएको कामको अनुगमन गरेछन् खुसि लाग्याे ! चुमानकाे ब्यङ्ग्य खासगरी छाब्दि खाेला लिफ्टिङ खानेपानी याेजना र सिद्धकालीका मन्दिर प्रति बढि लक्षित थियो । माअाेबादि श्राेतका अनुसार प्रदेशको अान्तरिक मामिला तथा कानुन मन्त्री हुँदा चुमानले ८ वटा टाेलका ५ सय घर धुरी लाभान्वित हुनेगरी ८ करोडको बजेट पारेका थिए ।
साथै चुमानले सिद्धकालीका मन्दिर निर्माणका लागि पनि बजेट हालेका थिए । अहिले त्यही याेजना अन्तर्गत भइरहेको काममा गई कसैले पनि खाेलाकाे पानी खान नपर्ने पाैडेलले बताएका थिए । पाैडेलले भनेका थपए – आफु जति बाँच्छु,बाँचुन्जेल सामजिक कार्यमा सक्रिय भएर लाग्छु ,
हिजाेका दिनमा पनि जिल्लाको बिकास निर्माणका काम गर्दै आएको हाे भन्दै पाैडेलले भोलीका दिनमा अरू काम गरेर देखाउने सपना रहेको बताएका थिए ।
म जति दिन बाँच्छु,बाँचुन्जेल सामाजिक क्षेत्रमै काम गर्छु, उनले पुन ः दोहोराउँदै भने,‘अब गाउँमा विकासको मुहार फेर्ने गरी काम गरेर देखाउने छु ।’
व्यास नगरपालिकाको वडा नं १२ को छिर्कनबाट व्यास १४ को कुलुड हुदै केशवटार जोड्ने सडकमार्ग आफ्नो पहलमा भएको पनि पाैडेलले बताए । कुलुङ्ग,छाब्दी र बन्दीपुरलाई जोडेर पर्यटकीय गन्तव्य बनाउन सके प्रचूर संम्भावना रहेको उनको भनाइ थियो ।
नेता पौडेलले आजै व्यास १४ को ठिन ,नयाँगाउँ र रुम्सीका कार्यकर्तासंग भेटघाट गरेका छन् । पाैडेलकाे जिल्ला दाैडाहलाइ व्यास नगरपालिकाका नगरप्रमु्ख बैकुण्ठ न्यौपाने,व्यासका पूर्व मेयर ताराप्रसाद श्रेष्ठ,प्रदेश सभासद सरीता गुरुङ्ग,तनहुँ क्षेत्र नं १ काकाङ्ग्रेस सभापति श्यामकुमार मौरती,व्यास १३ का निवर्तमान वडाध्यक्ष लेखबहादुर राना,व्यास १४ का केहरसिं थापा लगायतले साथ दिएका छन् ।
पाैडेल लामो समय शक्ति र सत्तामा रहेको भए पनि अाफ्नाे जिल्लालाई बेवास्ता गरेको भन्दै अधिकाँस कार्यकर्ता भने रुष्ट छन् । साच्चिकै पाैडेलले तनहुँ क्षेत्र नं १ काे संघीय साँसदमा उठेर जित्न राम्रोसँग पापड पेल्नुपर्ने देखिन्छ ।