व्यास गुफा परिसरमा अलौकिक अति रूद्राभिषेक महायज्ञ

  • ख-
  • ख+

दमौलीः व्यास नगरपालिका स्थित व्यास गुफा परिषरमा अलौकिक अति रूद्राभिषेक महायज्ञ सम्पन्न भएको छ । सोमबार शिवजीको प्रिय बार , प्रिय महिनाको पावन अवसरमा महर्षि वेदव्यासको तपोभुमि व्यास गुफामा एकबिम्सोत्तरसत अति महा रूद्राबिसेक महा यज्ञ गरिएको पण्डित राजन अधिकारीले बताए ।

१ सय ५१ ब्राह्मण द्वारा रूद्राभिसेक पाठ , हवन र तिनै रूद्राभिसेक प्रत्येक मन्त्र द्वारा वैदिक हवन तथा ग्रहसान्ति गरिएको पण्डित अधिकारीले बताए । बेद अनुयायी प्रतिष्ठान नेपाल केन्द्रीय कार्यसमिति र वैदिक पुरोहित समाज तनहुँको आयोजनामा गरिएको उक्त महायज्ञमा हजारौं भक्तजनको उपस्थिति रहेको थियो ।

त्यस अगाडि महायज्ञको उद्घाटन गर्दै व्यास नगरपालिकाका प्रमुख बैकुण्ठ न्यौपानेले व्यास गुफाको यज्ञ सञ्चालन गर्ने हल सानो भएको भन्दै ५ सय भक्तजन अटाउने हल बनाउने प्रतिवद्धता जनाए । वैदिक पुरोहित समाजका अध्यक्ष दुर्गाभक्त अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा काशीनाथ न्यौपाने , कृष्णकान्त काफ्ले लगायतले कार्यक्रमको महत्त्वको बारेमा प्रकाश पारेका थिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी