कर्मचारीमा कोरोना देखिएपछि सरसफाईका लागि प्रभु बैंक बन्द

  • ख-
  • ख+

दमौलीः आफ्ना एक उच्चस्तरका कर्मचारीमा कोरोना देखिए पछि प्रभु बैंकको दमौली शाखा बन्द गरिएको छ ।

एक साता देखि बिदामा रहेका ती कर्मचारी बिरामी परेपछि गत बुधबार नमूना लिइएकामा उनको नतिजा आईतबार पोजेटिभ आएको थियो ।

उनी बिदामै रहे पनि नतिजा पोजेटिभ आए पछि शाखा स्यानिटाइज गर्न र अरु स्टाफको पनि नमूना परीक्षणका लागि शाखा बन्द गरिएको बैंकका क्लस्टर हेड राजु रानाले जानकारी दिए ।

‘एक सातादेखि बिदामा भएकाले उहाँको सम्पर्कमा अरु आएको अवस्था छैन,’ उनले भने,‘तर पनि स्वास्थ्यका मापदण्ड पुरा गर्नका लागि शाखा बन्द गरेका छौं ।’
उनले अरु स्टाफको स्वाब संकलन गरेर पठाइने र यसबीचमा शाखालाई निसंक्रमण गर्ने पनि जानकारी दिए ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी