वीपी स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस ऋषिङ्गको वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न

  • ख-
  • ख+

श्रावण, ६, ऋषिङ्ग ।
वीपि स्मृती दिवसको अवसरमा नेपाली कांग्रेस ऋषिङ्गले वृक्षारोपण तथा सरसफाई कार्यक्रम सम्पन्न गरेको छ ।
ऋषिङ्ग-७ को सहिद स्मृति पार्कमा आयोजीत कार्यक्रमलाई सम्बोधन गर्दै प्रमूख अतिथि नेपाली कांग्रेस जिल्ला कार्य समिति तनहुँका उप सभापती राजेन्द्रकृष्ण श्रेष्ठले मुलभुत समाजबादको सिद्धान्त जनताका आधारभुत समस्याको समाधान गर्न, अधिकार सम्पन्न गराउन र लागू गर्नका निमित्त भएको बताए । नेपाली कांग्रेस त्यसतर्फ केन्द्रीत भएर नै नीति तथा कार्यक्रम लागू गरिरहेको श्रेष्ठले जानकरी दिए । पार्टिको नीति सिद्धान्त र पार्टिको साथिहरुको नितिसम्मत सल्लाह सुझावलाई हुबहु लागू गर्न कहि नचुकेको र सिद्धान्तसँग कसैसँग सम्झौता नगर्ने प्रतिबद्धता समेत जनाए । पार्टिमा कृयाशिलताको आधारमा जिम्मेवारी दिने परिपाटी लागू गर्न लाग्ने बताउँदै पार्टिभित्र छर्न खोजिएका भ्रम लाई चिर्नका लागि कार्यकर्तालाई निर्देशन दिँदै आवश्यक सहयोगको लागि आफू तयार रहेको श्रेष्ठ बताए ।

नेपाली कांग्रेस जिल्ला कार्य समिती सदस्य मोहन गिरिले वीपी विचार सम्बन्धी धारणा बताउँदै जनताका आधारभुत आवश्यकताको सम्बोधन नै समाजबादको मुख्य द्योतक भएकोले जनताका रोजिरोटिका बिषयमा केन्द्रीत भएर कार्यक्रम लागू गर्नुपर्ने बताएका छन । उनले बिदेशी माटो सुहाउँदो नीति तथा कार्यक्रमले नेपालको भलो नहुने र यहि माटोले खोजेको यहिको हावापानी सुहाउँदो नीति निर्माण गर्ने सुबर्ण शम्सेर, गणेशमान र महेन्द्र नारायण निधिका खुन पसिना मिसिएको कांग्रेसको सिद्धान्तले मात्र मुलुकलाई निकास दिन सक्ने भएको हुँदा लोकतन्त्र पक्षधर एकै कित्तामा उभिनपर्ने बताए । उनले थपे “पार्टिलाई नै घाटा पर्ने गरेर र पार्टिलाई नै हराएर अवसरबादलाई हराउन नसकिने हुँदा घर पोलेर बाहिर बसेर कराउने तर चरम अवसरबादिको धारे हात आफैलाई फर्काउने काम नगर्न” आग्रह गर्दै वीपिले चरम अवसरबादिको संज्ञा पार्टिबाट लिने लाभ लिईसकेपछी पार्टिलाई घात गरेर बाहिर बसि ढुङ्गा हान्नेहरुलाई पनि भनेको स्मरण गराउँदै सबैलाई एकैकित्तामा उभिन आग्रह गरे । कार्यक्रममा वडा सभापतीहरु, जिल्ला सदस्यहरु , महाधिबेशन प्रतिनिधिहरु,भातृ संस्थाका प्रमुख तथा प्रतिनिधिहरु लगायतले बिपि बिचारहरुको बारेमा चर्चा गरेका थिए ।
गाउँ कार्यसमितिका कार्यवाहक सभापती श्री बहादुर आलेको सभापतित्वमा सम्पन्न सो कार्यक्रममा शहीद पार्क परिसर सरसफाई गरी दर्जनौं बिरुवा रोपिएको थियो ।

कुनै सल्लाह, सुझाव वा प्रतिकृयाको लागि damaulinews.com@gmail.com मा इमेल पठाउन सक्नुहुन्छ ।
प्रतिक्रिया दिनुहोस्

कभर स्टोरी