
दमौलीः मानव बेचबिखन अभियोगमा तनहुँकी कल्पना महरा पक्राउ परेकी छन् ।
भरतपुर महानगरपालिका वडा नं १ मा रहेको कल्पना होटल एण्ड गेष्ट हाउसका संचालिका तनहुँ पोखरीभञ्याङ–५ की ४० वर्षिया महरालाई प्रहरीले मानव बेचबिखनको अभियोगमा पक्राउ गरेको हो ।
अभियुक्त महराले एक २२ वर्षिया युवतीलाई ललाई फकाई अनैतिक कार्य गराएको हुनाले मानव बेचबिखन तथा ओसार पसारको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।
अभियुक्त कल्पना महरामाथि चितवन जिल्ला अदालतबाट मानव वेचबिखन तथा ओसार पसार मुद्दामा म्याद अनुमती अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ ।